पलले महोत्सव छाड्दैनन्



नायक पल शाह शनिबार फेरि महोत्सवमा सहभागी भए । यो वर्ष अत्याधिक मात्रामा महोत्सवमा कुदिरहेका पल रोल्पामा आयोजना भएको एक महोत्सवमा पुगे । तर, यो महोत्सवमा पुग्दा उनको गेटअपमा भने परिवर्तन देखियो ।

फिल्म ‘मोअर’का लागि पलले लामो कपाल पालेका थिए । तर, अहिले उनले कपाल काटेका छन् । कपाल पालेर पल महोत्सवमा सहभागी भएका थिए ।

उनले, सो महोत्सवमा आफ्नो हिट गीत ‘मायालाई पानको पात’मा नृत्य गरे ।

नायक पल शाहले महोत्सव छाड्न सक्दैनन् भन्दै उनको आलोचना पनि हुने गरेको छ । उनका फ्यान र शुभचिन्तकले पनि पल धेरै महोत्सवमा कुद्दा उनको हलमा क्रेज कम भएको भन्दै सुझाव पनि दिइरहेका छन् ।

नायक शाहले भने यो कुराको वेवास्था गरेका छन् । उनले अभिनय गरेको फिल्म ‘मायावी’ बक्स अफिसमा असफल भयो । पल बाहिर धेरै देखिदा उनको क्रेज कमजोर बनेको वुझाई उनका फ्यानहरुको पनि छ । तर, पलले भने महोत्सवलाई कम गर्न सकेका छैनन् ।