फिल्म ‘राजागंज’को नयाँ गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत, धिरेन्द्र प्रेमर्शीको शब्द र स्मारिका फुयाँलको स्वर छ । यो गीतको सेटअप मधेसको छ । गीतलाई फिल्मको कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ । गीतले मधेस र पहाडमा हुने गरेको विभेदलाई उठान गरेको छ ।
यसैबिच, यो फिल्मको छायांकन स्थल जनकपुरमा यसको भव्य प्रिमियर समेत आयोजना गरिएको छ । जनकपुरमा रहेको गिरिजा हलमा ६ सय दर्शकको उपस्थितीमा भव्य प्रिमियर गरियो ।
प्रिमियरमा जनकपुरका मेयरदेखि उच्च पदाधिकारीको उपस्थिती थियो । यो फिल्मले महिलाहरु पनि आँटिलो, जोशिलो अनी हिम्मतिलो हुनुपर्छ भन्ने देखाएको अधिकांशको प्रतिक्रिया थियो ।
यो फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चण्डक, गौमाया गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । फिलमलाई दीपक रौनियारले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया