काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा सांसदहरूले उठाएका विभिन्न विषयमा सरकारलाई समयमै जवाफ दिन निर्देशन दिएका छन्। उनले शून्य र विशेष समयमा उठेका विषयहरूमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन भनिएको छ।
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भमा उठेका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायतका मुद्दाहरू, शिक्षकको आन्दोलन, स्वर्गाद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्यासहित सुशासन र सेवा प्रवाहसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिन निर्देशन दिएका छन्।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८० र ८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १; १५ मा बोलाइएको छ।
प्रतिक्रिया