काठमाडौँ- नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक अब सोमबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले बैठकको समय सारिएको जानकारी दिएका छन्।
आइतबार बस्ने भनिएको बैठक अब सोमबार बिहानका लागि सारिएको हो। यस बैठकमा पार्टीका नेताहरूले आगामी स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल गर्नेछन्।
पार्टीले फागुन १२ गतेदेखि सुरु गरेको तराई मधेस जागरण अभियान आइतबारदेखि स्थगित गरिएको थियो, र अभियानका लागि तयारी गरिरहेका नेताहरू काठमाडौं फर्किएका थिए।
प्रतिक्रिया