काठमाडौँ- राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्रका गतिविधिहरूले गणतन्त्र, धर्मनिरपेक्षता र जनताको संघर्षबाट प्राप्त उपलब्धिहरूमा खतरा बढाएको चेतावनी दिएको छ। पार्टीले देशमा प्रतिगमनको खतरा बढेको बताउँदै, यो खतरा निरंतर जारी रहेको भनाएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रतिगमनको खतराविरुद्ध लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर शक्तिहरूको कार्यगत एकता आवश्यक भएको बताएका छन्। उनले, “राजावादी गतिविधिहरूको विरुद्ध राष्ट्रिय परिवर्तनकारी शक्तिलाई एकजुट गर्न आवश्यक छ,” भनेका छन्।
विज्ञप्तिमा जनमार्चाले भनेको छ, लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिको ऐक्यबद्धता र कार्यगत एकताबाट मात्र देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयासलाई असफल बनाउन वा पराजित गर्न सकिन्छ।
केसीले २०४६ र २०६२ ६३ सालका जनआन्दोलनहरूको उदाहरण दिँदै कार्यगत एकता र गठबन्धनको महत्त्वलाई जोड दिएका छन्। उनले भने, २०४६ र २०६२ ६३ को जनआन्दोलनमा जसरी गठबन्धन बन्यो, अहिले पनि त्यस्तै एकता आवश्यक छ।
उनले केपी शर्मा ओलीको प्रतिगामी नीतिहरू र प्रचण्डको अवसरवादी क्रियाकलापको कारणले प्रतिगमन विरुद्ध बनेको गठबन्धन टुट्न गएको र यसले राजावादीलाई बल पुर्याएको उल्लेख गरे।
प्रतिक्रिया