काठमाडौँ- बाजुराको खप्तड छेडेदह गाउँपालिका(५ स्थित चिराल्नामा आइतबार राति ११ बजे भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन्।
प्रहरीका अनुसार, भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटनामा परेको हो। ट्याक्टर डोगडीबाट बुढिगंगातर्फ आउँदै गर्दा यो दुर्घटना भएको हो।
दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका(४ खोलालवाडाका ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको छ। रावत ट्याक्टरको ट्रालीमुनि च्यापेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
चालकको १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् र उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ। ट्याक्टरमा सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया