सोमबार सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर


काठमाडौं- काठमाडौंमा सोमबार सुनको मूल्य सामान्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेकोमा आज १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पनि सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो।

तर, चाँदीको मूल्य भने स्थिर रह्यो। अघिल्लो दिनको तुलनामा आज पनि चाँदीको मूल्य प्रतितोला १९८५ रुपैयाँमा कारोबार भइरहेको छ।