यस्तो छ दिलिपको ‘हेल्लो काशिराम’को फस्टलुक



नायक दिलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो काशिराम’को फस्टलुक रिलिज भएको छ ।

साथमा, यसको निर्माणपक्षले आउँदो वर्षको जेठ २ गतेलाई प्रदर्शन मिति पनि तय गरेको छ । सार्वजनि फस्टलुकमा बोको बोकेर नायक रायमाझी हिडेको देख्न सकिन्छ । यसले, फिल्म कमेडी जनरामा बनेको वुझ्न सकिन्छ ।

यो फिल्ममा सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशिल पोखरेल, उमेश राई, भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण लगायतका कलाकारहरुलाई पनि फिल्ममा हेर्न सकिन्छ । फिल्ममा नायिका प्रियंका कार्की अतिथी भूमिकामा छिन् ।

रिम विश्वकर्माको निर्देशनमा यो फिल्म बनेको हो । रेडलाइन फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा रिमकै लेखन छ । पीवी थापाको लगानी रहेको फिल्ममा यम आलेको छायांकन छ ।

फिल्ममा मीत्र डी गुरुङको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको एकसन, नरेन्द्र वियोगी र विपिन आचार्यको संगति छ ।