नायक प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रदीप खड्का नै हाबी छन् ।
निर्माणपक्षले उनलाई ‘सुपरस्टार’को ट्याग दिदै टिजर सार्वजनिक गरेको हो । चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको टिजरमा प्रदीपको एक्सन अवतार देखाइएको छ । फिल्मका लागि उनले निकै मिहिनेत गरेको पनि देख्न सकिन्छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीपको साथमा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरविर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आशिष पुरुष, ललित बिष्ट, किशोर भट्ट, विनोद कुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराइको अभिनय छ ।
यस्तै, फिल्ममा बाल कलाकारको रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाँई, सुप्रोल वुढाथोकीले अभिनय गरेका छन् ।
कृषा चौलागाइको निर्देशन रहेको फिल्ममा विशाल चौलागाईको लगानी छ । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाइ सह–निर्माता रहेको फिल्ममा सुमन गौतम कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा प्रदीप भारद्धाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशिष अविरल र बाबुल गिरीको संगति, हिमाल केसीको एक्सन छ । आर आर फिल्मस्ले यो फिल्मको वितरण गर्दैछ ।
प्रतिक्रिया