रास्वपाका सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय एकदमै नजिक आएको भन्दै छिट्टै विशेष सम्बोधन गर्ने घोषणा गरेका छन् । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा गएका रविले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।
अदालतको मुख्यद्धारमा मिडियाकर्मीहरुसँग घेरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘मेरो तर्फबाट कानून व्यवसायीले बोल्नुहुन्छ, मेरो बोल्ने समय एकदम नजिक आउँदैछ । म एकदम तयारीमा बसिरहेको छु । एकदम प्रतिक्षा गर्नुहोला । तपाईंहरुलाई थाहा छ त म बोल्ने नै मान्छे हुँ । अहिले म त्यही अवस्थामा छु अलिकति । अलिकति प्रतिक्षा लाईनमा छु । अब प्रतिक्षा लामो छैन् । एकदम छोटो समयपछि म विशेष सम्बोधनसहित साथीहरुको जिज्ञासाको जवाफ दिन आउँदैछु।’
प्रतिक्रिया