काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी योजनाहरू लगायतका विषयमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ।
त्यस्तै, बैठकमा हिजो ९आइतबार० भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जनप्रदर्शनको पनि समीक्षा हुने भनिएको छ। एक नेताले यस विषयमा जानकारी दिँदै, जनप्रदर्शनका बारेमा पार्टीको आधिकारिक धारणा र दृष्टिकोण स्पष्ट गरिने बताए।
आजै समाजवादी मोर्चाको पनि बैठक बस्न लागेको छ, र उक्त बैठकको पूर्वसन्ध्यामा एकीकृत समाजवादीको सचिवालय बैठक आयोजित भएको हो।
प्रतिक्रिया