काठमाडौं – गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुवात भएको हो ।
केएमसीमा अहिले छालासँग सम्बन्धी उपचार गर्ने उच्च क्षमताका ५ वटा उपकरण जडान भएका छन् । जसबाट रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार गर्न सकिने केएमसीले जानकारी दिएको छ । केएमसीमा हेयर रिडक्सन लेजर मेसिन, पिकोसेकेन्ड लेजर सिस्टम, माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस, सिओ२ लेजर स्मोक इभ्याकुएटर र स्किन एनालाइजर बिट्मोजी जडान भएका हुन् ।
उक्त उपकरणको साहयताबाट दक्ष चिकित्सकको साथ सहित उपचार गर्ने व्यवस्था केएमसीले मिलाएको हो । नेपालको प्रभावकारी अस्पतालका रूपमा परिचित केएमसीले यो सुविधा औसत शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ छालाको रोग निवारण गर्ने एआईमा आधारित मेसिन ल्याएको बताइएको छ ।
केएमसीका अनुसार उक्त मेसिनबाट दर्जनौं छालासँग सम्बन्धित समस्याको सहज उपचारको सम्भव रहेको छ । नेपालमा सीमित संख्यामा यस्ता किसिमको उपकरण राखेर उपचार गराएका ता पनि अब भने एकै ठाउँमा सबै किसिमका छालाका समस्याको निवारण गर्ने व्यवस्था केएमसीले मिलाएको हो ।
१६ वर्ष माथिका उमेर समूहका व्यक्तिहरूले यो लाभ केएमसीबाट प्राप्त गर्नसक्ने छन् । उपचारको सिलसिलामा अग्र स्थानमा रहेको केएमसीले छाला सम्बन्धी अन्य रोगको पनि उच्च प्राथमिकता दिँदै उपचार गर्दै आएको छ ।
कुन उपकरणबाट के हुन्छ उपचार ?
हेयर रिडक्सन लेजर मेसिन
यो मेसिनबाट भविष्यको कपाल वृद्धिलाई रोक्न, कपाल नष्ट गर्न प्रयोग गरिन्छ । जसलाई रौं मन पर्दैन उसको रौं यो मेसिनबाट स्थानीय रूपमा हटाउन सकिने केएमसीले बताएको छ । केएमसीमा यो मेसिन भएकाले अनुहार, छाती, काखी, यौन, खुट्टा वा कुनै पनि ठाउँमा आएको रौं यसबाट हटाउन सकिने छ ।
केएमसीका अनुसार रौं हटाउँदा निश्चित समय भने उपचारलाई निरन्तरता दिनु पर्ने हुन्छ । लेजरले कपालमा रहेको पिग्मेन्टलाई मात्र लक्षित गर्छ । त्यसैले यसले वरपरको छालालाई हानी नगर्ने केएमसीले बताएको छ ।
पिकोसेकेन्ड लेजर सिस्टम
पिकोसेकेन्ड लेजर सिस्टम एक प्रकारको उन्नत लेजर टेक्नोलोजी हो । यसबाट छाला सम्बन्धित थुप्रै समस्या समाधान गर्ने विकल्प दिइएको हुन्छ । उमेर अनुसारको दाग, घामको दाग, मेलास्मा र फ्रिकल्स जस्ता अनावश्यक छालाको पिग्मेन्टेसन कम गर्न यो मेसिनबाट गर्न सकिन्छ । केएमसीका अनुसार यसबाट कोलाजेन उत्पादनलाई उत्तेजित गर्न, छालाको बनावट सुधार गर्न, फाइन लाइनहरू साथै चाउरी पन कम गर्न र समग्र छाला कायाकल्पलाई बढावा दिन्छ ।
पिकोसेकेन्ड लेजरहरूले छाला निको पार्ने र कोलाजेन रिमोडेलिंगलाई बढावा दिएर, दाग भएको छालाको बनावट र टोन सुधार गरेर एक्ने दागको उपस्थिति कम गर्न मद्दत गर्छ । यो मेसिनको अनुहारको उपचार भइसकेपछि जुनसुकै उमेर समूहका व्यक्तिलाई योङ फेसको लुक्स दिने केएमसीले बताएको छ ।
माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस
यो एक कस्मेटिक उपचार उपकरण हो । यो यन्त्र सामान्यतया छाला कडा बनाउन र छालाको बनावट सुधार गर्न प्रयोग गरिन्छ । यो प्रक्रियाले दाग कम गर्नुका साथै छालाको टोनलाई पनि कम गर्न मद्दत गर्दछ । न्यूनतम डाउनटाइमको साथ छालाका चिन्ताहरूलाई नयाँ विकल्प प्रदान गर्ने केएमसीले बताएको छ । यसको साहयताबाट चायापोतोको उपचार गराउन सकिने केएमसीले बताएको छ ।
सिओ२ लेजर स्मोक इभ्याकुएटर
केएमसीका अनुसार यस मेसिनको साहायताबाट मुसा तथा कोठी लाई हटाइन्छ । कुनै पनि किसिमका एन्टिबायोटिक सेवन नगरिकन यसका उपचार गर्न सकिने बताइएको छ । छालामा आएका मासुका डल्लाहरू यस मेसिनको साहायताबाट निकाल्न सकिन्छ ।
स्किन एनालाइजर बिट्मोजी
स्किन एनालाइजरले छालाको स्वास्थ्य र अवस्थाको मूल्याङ्कन गर्न डिजाइन गरिएको हो । हाइड्रेसन, बनावट, छिद्रा, चाउरी जस्ता कारकहरू विश्लेषण गर्ने यो यन्त्रको प्रयोग गरी उपचार गरिने केएमसीले बताएको छ । छाला हेरचाहको लागि व्यक्तिगत सिफारिसहरू प्रदान गर्न क्यामेरा वा सेन्सर सहयताले यस उपकरणबाट अनुहारको अवस्था हेरि आवश्यक उपचारको सुझाव दिइन्छ । यो एआईमा आधारित प्रविधि भएकाले यसले छिटो छरितो तरिकाले उपचार गर्न सकिने केएमसीको भनाई छ ।
लाखौंलाई निःशूल्क उपचार गरिदिएका शर्मा
सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।
उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन् । साथै केएमसीमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन् ।
सांसद शर्मा प्रतिनिधिसभाको एक मात्र तलब भत्ता नलिने सांसद हुन् । डा.शर्माको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ । यस्तो समाजसेवी पहलले धेरै नेपालीहरूलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया