काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा मुलुक नरहेको बताएका छन्। उनले राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रतिक्रिया व्यक्त गर्दै भने, हामी जुलुसमा विदेशीको फोटो राख्नुपर्ने अवस्थामा छैनौं।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना गर्दै भने, जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्नु भन्दा हामी आफ्नै आस्थाका साथ अगाडि बढ्न सक्छौं। उनले कटाक्ष गर्दै भने, राजावादीको जुलुस म आफूले गराएको हो र फोटो पनि मैले राखेको हो।
प्रधानमन्त्री ओलीले आफ्नो सरकार अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुरामा ध्यान नदिई मुलुक निर्माण गर्ने अभियानमा लागेको उल्लेख गरे। उनले देशको विकासका लागि बाह्य अनुदान सहयोगमा मात्र भर पर्नु हुदैन र मुलुक आत्मनिर्भर बन्नुपर्ने आवश्यकता बल दिए। बाह्य अनुदान जब रोकिन्छ, तब पनि मुलुक चल्न सक्ने गरी आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्नुपर्ने हो, उनले थपे।
आफ्नो सम्बोधनमा उनले नेपाली भूमिको प्रभावकारी उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै भने, विश्वव्यापिकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने अवस्था छ, तर हामीले आफ्नै संसाधनको उपयोग गरेर देशको विकासमा लाग्नुपर्ने छ।
सामाजिक संस्थालाई असफलतासँगै सफलता, आशा र उपलब्धिका बारेमा पनि चर्चा गर्न सुझाव दिँदै उनले भने, विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिनू उनको दृढ इच्छा व्यक्त गरे।
प्रतिक्रिया