फिल्म ‘लाज शरणम्’मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत समावेश छ । उनको स्वरमा समावेश ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीतले फिल्मको प्रचारमा राम्रै फाइदा भयो । उनै, बालेनले सोमबार बेलुकी मात्र यो फिल्म हेरेका छन् ।
सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा पुगेका बालेनले कलाकार सिताराम कट्टेलको खुलेरै तारिफ गरे । धुर्मुसको तारिफ गर्दै बालेनले भने–‘यस्तो डिटेल दिनुभाछ नी । कस्तो डिटेल दिया हो । लास्टै दामी । मज्जा आयो ।’
कुमार कट्टेलको निर्देशनमा तयार भएको यो फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय छ ।
जेपीटी क्रियसनको व्यानरमा निर्माण भएको फिल्मलाई नविन श्रेष्ठले लगानी गरेका हुन् । फिल्मको कलेक्शन भने निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया