चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास


काठमाडौं- काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्। उनलाई उद्धारगरी अस्पताल पुर्‍याइएको प्रहरीले बताए ।

गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभगरी आफ्नो शरीरमा आफैं आगो लगाएका छन् । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धारगरी अस्पताल पुर्‍याएको थियो ।

उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको र उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने जनाए ।

आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरे पनि एकजना महिलाले आफूलाई पटक पटक तनाव दिएर बाँच्न नसक्ने अवस्थामा पुर्‍याएको कार्कीले बताए ।