काठमाडौँ- मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीबजार नजिक आज बिहान मदन भण्डारी लोकमार्गअन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक ३३ वर्षीय रुपक दियाली गम्भीर घाइते भए र उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।
प्रतिक्रिया