नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढ्यो


काठमाडौँ नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य वृद्धि भएको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ बढेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसै सुनको मूल्य एक लाख ६९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यसरी चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको छ।