काठमाडौँ- अंग्रेजी दैनिक द हिमालन टाइम्स लाई कालोसूचीमा राख्ने निर्णयप्रति मिडिया एलायन्सले गम्भीर ध्यानाकर्षण जनाएको छ।
मिडिया एलायन्सका अनुसार, प्रेस काउन्सिल नेपाल निष्पक्ष र पारदर्शी प्रक्रियाअनुसार दुवै पक्षको भनाइलाई प्राथमिकताका साथ सुन्ने संविधानिक दायित्व बोकेको संस्था हो। त्यसैले, कुनै पनि निर्णयमा पुग्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझेर मात्र प्रेस स्वतन्त्रता र निष्पक्षतालाई मनन गर्नु पर्ने एलायन्सको भनाइ छ।
द हिमालयन टाइम्स ले काउन्सिललाई स्पष्टीकरणसहितको पत्र बुझाएको र त्यसपछि कुनै छलफल बिना नै ‘कालोसूची’मा राखिएको भन्दै सूचीबाट तत्काल हटाउन आग्रह गरेको छ। एलायन्सले प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णयमा पुनर्विचार गरी सम्बद्ध पक्षसँग वार्ता अगाडि बढाउन आग्रह गरेको छ।
प्रतिक्रिया