काठमाडौँ- आजको संसद बैठक सरकारका कुनै पनि मन्त्रीको उपस्थिती बिना स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गर्ने निर्णय गरे।
संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रूपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए। उनले सरकारको यो व्यवहारलाई जनप्रतिनिधि र सदनलाई हेप्ने प्रयास भनेर टिप्पणी गरेका थिए।
संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ र एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक चल्दैन, यो नियमावलीमा स्पष्ट व्यवस्था छ।
प्रतिक्रिया