हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ जना घाइते


काठमाडौँ- हुम्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार, सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसी माटो पोत्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएकी छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार, नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो। यस घटनामा सर्केगाड गाउँपालिका–७ की तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन्। उनीहरूको उमेर २५ देखि २८ वर्षसम्मको रहेको बताइएको छ।