कस्तो छ ‘कर्मा’मा उपासनाको लुक्स ?



नायिका उपासना सिंह ठकुरीले फिल्म ‘कर्मा’मा नायक विपिन कार्कीसँग रोमान्स गरेकी छिन् । फिल्ममा विपिनको एक्सन अवतार छ । तर, विपिन उपासनाकै लागि भिलेनसँग लडेका छन् ।

चैत्र २९ गतेबाट रिलिजमा आउने यो फिल्ममा विपिनको लुक्स कस्तो छ, दर्शकले थाहा पाइसकेका छन् । अब, नायिका उपासना सिंह ठकुरीको लुक्स पनि रिलिज गरिएको छ ।

उनी, गाउँबाट शहर प्रवेश गरेकी यूवतीको भूमिकामा फिल्ममा देखिएकी छिन् । उनी, कुर्था सुरुवालमा देखिएकी छिन् ।

फिल्ममा विपिनको एक्सन अवतार भएपनि उपासनाको भूमिका कस्तो छ भन्ने निर्माणपक्षले खुलाएको छैन । यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

फिल्मको छायांकन दाङ र काठमाडौंमा गरिएको छ । फिल्ममा मुकुन भुषाल र दिव्य देव खलपात्रको भूमिकामा छन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई वसन्त लम्सालले निर्माण गरेका हुन् ।