तेरिया मगरले गर्दैछिन् ‘मितज्यू’बाट फिल्ममा डेब्यू



डान्सर तेरिया मगरले अब नेपाली फिल्ममा काम गर्ने भएकी छिन् । उनले, काम गर्न लागेको फिल्मको नाम ‘मितज्यू’ हो । यो फिल्ममा उनी नायक दयाहाङ राइको जोडीको रुपमा देखिदैछिन् । वुझिएअनुसार, फिल्ममा उनी दयाकी श्रीमतीको भूमिकामा देखिन लागेकी हुन् ।

भारतको चर्चित रियालिटी शो ‘डान्स डण्डिया लानस लिटिल मास्टर्स’ सिजन ३ र ‘झलक दिखलाजा ९’की विजेता तेरियाका फ्यानहरुले उनलाई फिल्ममा काम गर्नका लागि सुझाव दिइरहेका थिए ।

उनले, अनिल वुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’बाट रजतपटमा डेब्यू गर्न लागेकी हुन् । जनक घर्ती मगरको लगानीमा निर्माण हुन लागेको यो फिल्मको मुख्य भूमिकामा नायक दयाहाङ राइले काम गर्दैछन् ।

जीएम मुभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको आउँदो वर्षबाट छायांकन सुरु हुनेछ । फिल्मको सार्वजनिक प्रदर्शन आउँदो वर्षको चैत्र २७ गतेलाई तोकिएको छ । महेश राइको लेखनमा यो फिल्म निर्माण हुन लागेको हो ।