राप्रपाकी सांसद विना लामाले राजसंस्था पक्षधरको पक्षमा जनलहर बढ्दै गएपछि सदनमा मन्त्रीनै आउन डराएको भन्दै कटाक्ष गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको कुनै पनि प्रतिनिधि उपस्थित नभएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सुरु हुनेवित्तिकै विरोध जनाएका थिए । प्रमुख सचेतक पाण्डेले प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार बैठक तुरुन्त बन्द गर्न माग गरे ।
माओवादीको सो ध्यानाकर्षणपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर बसेको दोस्रो बैठकमा रापपा सांसद लामाले सो कटाक्ष गरेकी हुन् ।
“राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको । तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ । जिम्मेवार बन्नुपर्यो,” उनले भनिन् ।
प्रतिक्रिया