आन्दोलनरत शिक्षकहरुले आज नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छन् । उनीहरुले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै दिउँसो १ बजेदेखि ३ बजेसम्म ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना दिने भएका हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज दिउँसो एमाले पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसारा भोलि फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम राखिएको छैन ।
पर्सी (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको छ । महासंघले हिजो (मंगलबार) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।
प्रतिक्रिया