२८ फागुन, काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सोही अस्पतालमा १० औँ तहका कर्मचारी शर्मालाई निर्देशकमा नियुक्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थिए ।

डा. शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक नियुक्त गरेका हुन् । नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुनुहुन्छ । डा. शर्मालाई उक्त पदमा नियुक्त भएसगे विभिन्न ब्यतिहरु बाट बधाई तथा शुभकामना आउने क्रम जारी रहेको जानकारी पाप्त भएको छ ।
प्रतिक्रिया