अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना, ९ जना घाइते


काठमाडौँ- अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३, अर्चलेनेतामा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

बुधबार विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अर्घाखाँचीदेखि बुटवलतर्फ जन्ती लिएर आउँदै गरेको ईभी गाडी दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०१–००१ ज ०१४० नम्बरको हाइस गाडी छत्रदेव गाउँपालिका–३, अर्चलेनेताको कच्ची सडक खण्डमा बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ। गाडीमा सवार १२ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ।