गायक तथा अभिनेता प्रकाश सपुतमाथि जातिय भेदभाव तथा दुर्व्यवहारपूर्ण व्यवाहार भएको पाईएको छ । गत फागुन १९ गते नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखिएको सपना, संघर्ष र संकल्प नामक कृतिको लोर्कापणमा पुगेका सपुतले प्रधानमन्त्री ओलीले गरेको त्याग, बलिदान र संघर्षको बारेमा उल्लेख गर्दै ओलीको प्रशंसा गरेका थिए ।
सो कार्यक्रममा सपूतले बोलेका कुरालाई लिएर उनीमाथि एमालेबाहेकका विभिन्न राजनीतिक दलका व्यक्तिहरुले सामाजिक सञ्जालमा होच्याउने, जातिय विभेद हुनेजस्ता काम गरेको पाईएको छ ।
सपुतमाथि भइरहेको दुर्व्यवहारबारे बुधबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले कुरा उठाएकी हुन् । सांसद विश्वकर्माले कोही कसैको प्रशंसा गरेकै आधारमा कुनै वयक्तिलाई उसको जात, धर्म र लिंगको आधारमा भेदभाव गर्न नपाईने भन्दै त्यस्तो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गरिन् ।
प्रतिक्रिया