‘आउटलः दफा २१९’को सर्वत्र तारिफ, चम्किए सुशिल



४ वर्ष फिल्मी पर्दाबाट हराएका नायक सुशील श्रेष्ठ अहिले हलमा धमाका मच्चाइरहेका छन् । ‘आउटलः दफा २१९’बाट दर्शकमाझ फर्किएका सुशीलको कामको चौतर्फी तारिफ भइरहेको छ । सुशीलको कामको चौतर्फी तारिफ मात्र भएको छैन, उनको मिहिनेतले पनि दर्शकको साथ पाएको छ । रिलिजको तेस्रो दिन पनि फिल्म ‘आउटलः दफा २१९’ले दर्शकको उत्कृष्ट साथ हलमा पाएको छ ।

नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ । सुशील एक्लै हल हलमा कुदिरहेका छन् । फिल्मको प्रचारमा समेत उनी एक्लै कुदिरहेका छन् । एक्लै फिल्म बोकेका सुशीलको अबको दिनमा फिल्म बजारमा माग बढ्ने देखिन्छ ।

फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।

४ वर्षपछि नायक सुशील श्रेष्ठ फिल्ममा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो ।
फिल्म ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।

हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् ।आफूहरुले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् ।

काठमाडौंमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकार तथा कलाकारहरुले पनि यो फिल्मको मुक्तकण्ठले प्रशंसा गरे । फिल्मले शनिबारसम्म राम्रो दर्शक पाएको निर्माता अमित अग्रहरि बताउँछन् ।