काठमाडौँ- नेपाल कमर्श क्याम्पस स्ववियुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नविन ऐरको उम्मेदवारी भर्ना प्रक्रियामा कैफियत देखिएपछि खारेज गरिएको छ। निर्वाचन समितिका अनुसार, ऐरले उम्मेदवारी फिर्ता लिई पाउँ भनेर निवेदन दिएका थिए, जसका आधारमा उम्मेदवारी रद्ध गर्ने निर्णय भएको हो।
यससँगै नेपाल कमर्श क्याम्पस स्ववियुमा अध्यक्षको उम्मेदवारीमा चार जनाको प्रतिस्पर्धा कायम रहेको छ। कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ० रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ भने नेकपा एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अन्य क्रान्तिकारी संगठनहरूसहितको गठबन्धनमा काशीराम जैसीको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छन्।
त्यसैगरी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल समाजवादी सलुन खड्का नेतृत्वमा चुनावी मैदानमा छ। यसपटकको निर्वाचनमा उम्मेदवारको बीचमा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनहरूबीच हुनेछ। क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता रहेका छन् र मतदान आगामी ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
प्रतिक्रिया