विहिबारदेखि एकसाथ रिलिजमा आएका दुई फिल्म ‘आउटलः दफा २१० र अञ्जिला’ टिमले आ आफ्नै दाबी गर्दै बक्स अफिस कलेक्शन सार्वजनिक गरेका छन् ।
दुई फरक जनराका यी फिल्मले आ आफ्नै तरिकाले दर्शक तानिरहेका छन् । ‘आउटल’ले एक्सन जनरा मन पराउने दर्शक तानेको छ भने ‘अञ्जिला’ले पारिवारिक दर्शक तानेको छ ।
यसैबिच, यी दुई फिल्मका निर्माताले ३ र ४ दिनको बक्स अफिस कलेक्शन सार्वजनिक गरेका छन् । ‘आउटलः दफा २१९’ले ४ दिनमा २ करोड ३ लाखको ग्रस कलेक्शन गरेको आँकडा यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौलाको मुख्य भूमिका रहेको फिल्ममा विक्की महर्जनको निर्देशन र अमित अग्रहरिको लगानी छ ।
यता, फिल्म ‘अञ्जिला’ले ३ दिनमा २ करोड ७ लाखको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको छ । प्रेमकुमार श्रेष्ठको लगानीमा मिलन चाम्सको निर्देशनमा यो फिल्म तयार भएको हो । फिल्ममा एञ्जिला तुम्बापो सुब्बा, दयाहाङ राई, श्रृजना सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
शुक्रबारबाट रिलिजमा आएको दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ले भने बक्स अफिसमा दर्शक तान्न सकेन ।
प्रतिक्रिया