‘कर्मा’ बारे के भन्छन् निर्देशक र नायिका ?



चैत्रको २९ गतेबाट फिल्म ‘कर्मा’ हलमा लाग्दैछ । यसअघि फिल्म ‘अगस्त्य’ निर्देशन गरेका कारण पनि निर्देशक सौरभ चौधरीमाथि दर्शकको विश्वास उच्च छ । यसपटक, उनले दर्शकलाई झनै सरप्राइज बनाउने कथा लिएर आएको दाबी गरेका छन् ।

फिल्ममा नायक विपिन कार्की, नायिका उपासना सिंह ठकुरी, कलाकारहरु मुकुन भुषाल, दिव्य देव लगायतको अभिनय छ ।

फिल्ममा काम गरेपछि उपासनामा पनि एक्सन गर्ने रहर जागेको छ । उनले भनिन्–‘फिल्ममा म एक्सन गर्ने नायकको अपोजिट भूमिकामा छु । तर, फिल्ममा मेरो भने एक्सन छैन । तर, एक्सन फिल्ममा काम गरिरहँदा मलाई पनि एक्सन गर्ने रहर भने पलाएको छ । अब, यस्ता फिल्मबाट अफर आउँछ भन्नेमा आशावादी छु ।’

यता फिल्मका निर्देशक सौरभ यसपटक आफूले फिल्म भन्ने तरिका नै परिवर्तन गरेको तर्क गर्छन् । उनले भने–‘कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मुल्य चुकाउनुपर्नेछ । कर्मा फिल्मले यही नै भन्छ । यही कुरामा विश्वास गर्ने भएकाले पनि मैले यो फिल्म बनाएको हुँ ।’

उनले अगाडि भने–‘कसैले मसँग नराम्रो गर्यो भने मैले उसलाई नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्नेछ । हाम्रो फिल्मले पनि यही कथा भन्छ । यसैले, म आशावादी छु ।’