बलिउडकी चर्चित पाश्र्व गायिका संजीवनीले फिल्म ‘माइतीघर’मा स्वर दिएकी छिन् । ‘बसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीतमा संजीवनीले आफ्नो स्वर रेकर्ड गराएकी हुन् ।
यसअघि पनि निर्माण भएको फिल्मको शिर्ष गीतमा गायिका आशा भोसलेले स्वर दिएकी थिइन् । गीतमा जयदेवको संगीत, किरण खरेलको शब्द यथावत् नै रहनेछ । रिकेश गुरुङको यो गीतमा एरेन्ज छ ।
बैशाखको ७ गतेबाट छायांकनमा जान लागेको यो फिल्मलाई शैलुङ, काभ्रे र काठमाडौंमा हुनेछ । मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा केदार घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङ्देल, वुद्दि तामाङ, सन्तोष शाही, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
रोहित अधिकारी, धिरज तामाङ, रविन शेरचनको लगानीमा बन्न लागेको फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातिबाट गरिनेछ ।
प्रतिक्रिया