गृहमन्त्री रमेश लेखकद्वारा सेवा निवृत्त हुन लागेका आईजीपी बसन्त कुँवरलाई बिदाइ


गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बिदाइ गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले आईजीपी कुँवरलाई शुभकामना सहित बिदाइ गरेका हुन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरे।