सुनको भाउले तोड्यो उच्च रेकर्ड, चाँदीको मूल्य पनि बढ्यो


काठमाडौँ- आज सुनको भाउले तीन दिनअघि को उच्च रेकर्डलाई तोडेको छ। आज सुनको मूल्य १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको १ लाख ७४ हजार १ सय रुपैयाँको तुलनामा ११ सय रुपैयाँ बढी हो। यसअघि, गत शुक्रबार सुनको मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्चतम रेकर्डमा पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ। अघिल्लो दिनको २ हजार ४० रुपैयाँबाट आज २ हजार ५० रुपैयाँ पुगेको छ।