फिल्म ‘आउटलः दफा २१९’ले बजारमा राम्रो व्यापार गरिरहेको छ । यो फिल्मको टिम रिलिजको पाँचौ दिनमा पनि हल दौडाहामा छ । यसका मुख्य कलाकार सुशील श्रेष्ठसहित निर्माण टिम दर्शक प्रतिक्रियाका लागि नेपालगञ्ज पुगेको छ । यसैबिच, यो फिल्मको नयाँ गीत ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । फिल्मको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र निशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको फिल्ममा चुल्ठे काजीको एक्सन छ । यो फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्मले दर्शकको प्रतिक्रिया निकै राम्रो पाइरहेको छ । जसकाकारण, फिल्मको व्यापार आज पनि राम्रो देखिएको छ ।
प्रतिक्रिया