निकिताले साइन् गरिन् भन्सालीको नयाँ फिल्म



नायिका मनिषा कोइरालापछि बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीको फिल्ममा काम गर्ने दोस्रो नायिका बनेकी छिन् निकिता चण्डक ।

पूर्व मिस नेपाल समेत रहेकी निकिताले भन्सालीको फिल्म साइन गरेको जानकारी सामाजिक संजालबाट दिएकी छिन् । भन्सालीको फिल्ममा सानो भूमिकामा देखिन लागेको उनको तर्क छ ।

भन्सालीको कुन फिल्ममा निकिताले काम गर्न लागेकी हुने त्यो भने खुलेको छैन । तर भन्सालीले नयाँ फिल्म ‘लभ एण्ड वार’ निर्देशन गर्दैछन् । निकिताले सोही फिल्ममा काम गर्न लागेकी हुन् कि भन्ने अड्कल लगाउन सकिन्छ ।

फिल्म ‘साङ्लो’बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी निकिताले हलमा लागिरहेको फिल्म ‘राजागंज’मा अभिनय गरेकी छिन् । यो फिल्ममा उनले गरेको कामलाई पनि समीक्षकले रुचाएका छन् ।

निकिताले निकै कम मात्र नेपाली फिल्ममा काम गरिरहेकी छिन् । उनले फिल्म ‘रावायण’को एउटा गीतमा आइटम नृत्य समेत गरेकी थिइन् । भन्सालीको फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । तर, निकिताको बलिउड यात्राका लागि यो कोशेढुंगा हुने अपेक्षा गर्न सकिन्छ ।