किन रोकियो ‘सक्किगो नि’को प्रशारण ?



९३ भाग प्रशारण भएपछि ‘सक्किगो नि’ रोकिएको छ । विज्ञापन एजेन्सीसँग १०४ भागको सहमती भएपनि ९३ भागमै प्रशारण रोक्न यसको टिम तयार भएको हो । निर्देशक अर्जुन घिमिरेले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।

पाँडेले सामाजिक संजालमा लेखेका छन्–‘तेस्रो सिजनका ९३ श्रृङ्खला उत्पादन, प्रशारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिदैछौं । यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

यस्तै, निर्देशक घिमिरेले चौथो सिजन कस्तो कथामा बनाउने भन्ने बिषयमा दर्शकसँग सुझाव मागेका छन् ।

जेपिटी क्रियशनको व्यानरमा फिल्म ‘लाज शरणम्’ हलमा लागिरहेको छ । यो फिल्मको तयारीका कारण पनि यसको टिमले नयाँ भाग प्रशारण गर्न सकिरहेको थिएन । पुरानै भाग प्रशारण भइरहेका कारण पनि यसको टिमले सिजनबाट विश्राम लिएको वुझ्न सकिन्छ ।