काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले फेसबुकमार्फत् पीडित परिवारसँग सरकारले गरेको सम्झौताअनुसार छिट्टै छानबिनको प्रक्रिया अघि बढाउन पनि माग गरेका छन्।

गौर हत्याकाण्ड आज १८ वर्ष पूरा भएको अवसरमा, साहले पीडित परिवारसँग गहिरो सहानुभूति व्यक्त गर्दै, शहिदहरूको श्रद्धांजलि अर्पण गरेका छन्। उनले फेसबुकमा पीडित परिवारसँग भएको सहमतिपत्र पनि सार्वजनिक गर्दै भनेका छन्, “लामो समयदेखि न्यायको प्रतिक्षामा रहेका पीडित परिवारलाई न्याय दिन सरकारले छानबिन प्रक्रिया छिटो अघि बढाओस।”
उनले हत्यारालाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् र हत्याकाण्डका दोषीलाई न्यायसम्मत कारबाही गर्न सरकारको दवाब बढाउन आग्रह गरेका छन्।
प्रतिक्रिया