रास्वपा सांसद झाले २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग


काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यवाहक प्रवक्ता र प्रतिनिधि सभा सदस्य मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले विगतमा ३५ किलो र ८० किलो सुन समातिए पनि त्यसको वास्तविक मालिक पत्ता नलागेको र अहिले २५ करोडको मालिक पत्ता नलाग्ने सम्भावना पनि बढेको बताएका छन्।

सांसद झाले भने, ू२५ करोड रुपैयाँ टोखामा समातियो, विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातिएको थियो, तर कहिल्यै त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपटक पनि २५ करोडको मालिक पत्ता नलाग्ने सम्भावना छ। ड्राइभर र भरियालाई थुनेर मात्र राखिने हो भने यो प्रक्रियामा केही सुधार आउँदैन।

साथै, उनले भर्खरै सिन्धुपाल्चोकमा ७४० वटा भेपसहित समातिएको ट्रकको सम्बन्धमा पनि चर्चा गर्दै, यो ट्रक भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको रहेको र उक्त भेप प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट भएको जानकारी प्राप्त भएको बताएका छन्। उनले चेतावनी दिँदै भने, ूयसलाई राजनीतिक संरक्षण मिलेर उन्मुक्ति दिइनु भनेको खतरा हुन सक्छ।

सांसद मनिषले यस घटनालाई सरकारको दुविधाजनक स्थितिका रूपमा प्रस्तुत गर्दै, सुशासन र कानूनी प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका छन्।