फिल्म ‘जेरीः अन टप’को छायांकन अझै बाँकी छ । महंगो रकममा तयार भइरहेको यो फिल्मको प्रदर्शन मिति पनि तय भएको छैन । फिल्मको कुनै पनि लुक्स सार्वजनिक भएको छैन । तर, यसको विदेश अधिकार भने विक्री भइसकेको छ ।
अनन्या फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भइरहेको यो फिल्मको अष्ट्रेलिया बाहेकको विदेश अधिकार लालीगुराँस असोसियसनले खरिद गरेको हो । निर्माणपक्षले कति रकममा विदेश अधिकार विक्री भयो भन्ने खुलाएको छैन । तर, फिल्मका निर्माता सरोज न्यौपानेले महंगो रकममा विदेश अधिकार विक्री भएको जानकारी दिए ।
सरोज न्यौपानेको निर्माणमा तयार भइरहेको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको मेकिङ, कलाकारहरुको क्रेज र बजारको चर्चाका कारण फस्टलुक पनि सार्वजनिक नभई यसको विदेश अधिकार विक्री भएको हो । फिल्मको डिजिटल अधिकार भने विक्री गरिएको छैन ।
निर्माता न्यौपानेले फिल्मको विदेश अधिकारबाट नै आफूहरु ७५ प्रतिशत लगानी सुरक्षित गर्न सफल भएको बताए । फिल्मको डिजिटल अधिकार अझै विक्री गरिएको छैन ।
‘जेरीः अन टप’ आउँदो वर्षको प्रतिक्षित फिल्म हो ।
प्रतिक्रिया