पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य कार्य गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वराष्ट्रपति यादवको काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै उनी भाडको घरमा बसेर राज्यलाई मासिक १ लाख ९२ हजार भाडा तिर्न लगाएको उजुरीकर्ताको दाबी छ । पूर्वराष्ट्रपति यादवले आफ्नो घर भने भाडामा लगाएको उनको दाबी छ ।
त्यस्तै, उजुरीकर्ताले उजुरी पत्रमा उल्लेख गरेअनुसार पूर्वराष्ट्रपति भण्डारी भने काठमाडौंको चपली हाइटमा आफ्नै घरमा बसिरहेको तर उनले मासिक एक लाख रुपैयाँ भाडा सरकारबाट लिइरहेकी छन् । आफ्नै घरमा बसेर घर भाडावापतको रकम लिनु भ्रष्टाचारजन्य कार्य रहेको उजुरीकर्ताको दाबी छ ।
उजुरी कर्ता युवराज पौडेलले पूर्वराष्ट्रपतिद्वयलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाइनु पर्ने, घरभाडावापत गैरकानुनी रुपमा लिइएको रकम फिर्ता गराइनुपर्ने र कानुनबमोजिमको कारबाहीसमेत गरिनुपर्ने माग राखेका छन्
प्रतिक्रिया