प्रधानमन्त्री ओली बोल्दै गर्दा एमाले सांसदले काढे हाई


प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । आज (बिहीबार) को प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो । पहिलो प्रश्नकर्ता एमाले सांसद भगवती चौधरी थिईन् । उनले युवाहरुको विदेश पलायनबारे प्रश्न सोधेकी थिईन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै थिए ।

युवाहरु विदेश गएको सम्बन्धमा उठाईएको प्रश्नमा प्रधानमन्त्रीले भने,‘केही बाहिर जाने त ठिकै हो, तर ठूलै संख्यामा बाहिर जाने काम भइरहेको छ । खेतहरू बाँझो भएको छ, खेत छ त्यहाँ उत्पादन गर्नपर्ने ठाउँमा त्यो छाडेर ऋण काढेर बाहिर जानु, तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित होइन ।’

उनले अध्ययनको लागि विद्यार्थीहरु विदेश गएको र अलिक ठूलो संख्यामा गएको कुरा यथार्थ रहेको सुनाउँदै थिए ।प्रश्नकर्ता सांसद चौधरीसँगै बसेका एमाले सांसद राजेन्द्र राई भने हाई काढ्न थाले । उनी धनकुटाबाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीले जवाफ दिँदै गर्दा सांसद राई भने हाई काढ्न थालेका हुन् ।