नायक निखिल उप्रेतीले फिल्म ‘भैरव’ पछि नयाँ फिल्मको निर्देशन गर्न सकेका छैनन् । उनले, फिल्म निर्देशन गर्ने भनिएतापनि काम अगाडि बढाउन सकेका छैनन् । उसो त उनले विचमा एउटा फिल्मको काम सुरु पनि गरेका थिए । तर, उक्त फिल्मको छायांकन नै पुरा भएन ।
उनै, निखिल अब नयाँ फिल्म निर्देशनमा अगाडि सरेका छन् । निखिलले बनाउन लागेको फिल्मको नाम ‘आचार्य’ राखिएको छ । उसो त भजन शिरोमणी भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ निर्माण भइसकेको छ ।
तर, यो फिल्म निर्माण भएको १० वर्ष पुगिसकेकाले यही नाममा फिल्म बनाउन पाइन्छ । निखिलले यो फिल्मलाई चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । फागुन महिनामा १७ वटा फिल्म दर्ता भएकोमा एउटा फिल्म निखिलको पनि हो ।
निखिलले बनाउन लागेको फिल्मको कथावस्तु के हो खुलेको छैन । तर, उनले सुपरन्याचुरल फिल्म बनाउने बताउँदै आएका थिए ।
निखिलले ‘भैरव’ नामक फिल्म निर्देशन गरेर केही फिल्ममा काम गरे । तर, लगातार फिल्म असफल भएपछि उनले विश्राम लिए । उनै, निखिल अब फिल्म निर्देशनमा फर्किन लागेका हुन् ।
प्रतिक्रिया