काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने भएका छन्। उनले आज बिहान ११ बजे पाटन उच्च अदालतमा पुनरावेदन दिने बताइएको छ।
स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताबाट १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ। यस मुद्दामा मुछिएका लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, अदालतको यस निर्णयमा त्रुटि रहेको दाबी गर्दै सरकारले त्यसको विरोधमा उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो।
पुनरावेदनमा जाने निर्णयले यस मुद्दामा थप कानुनी प्रक्रिया र निर्णयको मार्ग खुला गर्नेछ।
प्रतिक्रिया