हमासको इजरायलमाथि प्रतिशोधात्मक मिसाइल प्रहार


काठमाडौँ- हमासले इजरायलको तेल अभिभमा तीनवटा मिसाइल प्रहार गरेको जनाएको छ। इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि, यो हमासको पहिलो प्रतिशोधात्मक आक्रमण भएको बताइएको छ।

इजरायलले भनेको छ कि ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकिएको थियो र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेका थिए।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेपछि गाजामा कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा २०० भन्दा बढी बालबालिका रहेका छन्।

इजरायली सेना ९आईडीएफ० ले बिहीबार प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको बताएको छ। इजरायलले यो पनि भनेको छ कि हमासले अझै ५९ जनालाई बन्धक बनाएको छ, जसमा २४ जना जीवित रहेको अनुमान गरिएको छ।