निर्देशक सन्तोष सेन फिल्म ‘बलिदान’लाई भारतीय बजारमा लैजाने तयारीमा छन् । यो फिल्मको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।
उनै, सन्तोष सेनले सामाजिक संजालमा ‘होस्टेल ३’बाट उदाएका कलाकार पारस बम ठकुरी ‘कुल व्वाई’सँगको तस्वीर पोष्ट गरे । नेपाली युवाहरुलाई आफ्नो जीवन महशुश गराएर हलसम्म पुर्याउन क्षमता राख्ने भन्दै कुल व्वाईको उनले तारिफ गरे । साथै, उनले नेपाली फिल्म क्षेत्रले एक रोमान्टिक हिरो पाएको तर्क समेत गरेका छन् ।
सन्तोषले कुल व्वाईको तारिफ गरेपछि अहिले यी दुइको बोन्डिङ सुरु भएको चर्चा समेत छ । किनकी, सन्तोष कलाकारलाई स्टार बनाउन माहिर मानिन्छन् ।
सन्तोषले निर्माण गरेका केही फिल्मबाट कलाकारहरु स्टार बनेका छन् । प्रदीप खड्का, पूजा शर्मा लगायतका कलाकारहरु उनकै फिल्मबाट स्टार बनेका थिए । उनको फिल्म ‘बलिदान’मा काम गरेपछि नायक समिर भट्टको चर्चा अझै चुलिएको छ ।
नायक प्रदीप खड्कासँग सम्बन्ध चिसिएपछि सन्तोषको साथमा चकलेटी हिरोको अभाव छ । यसैले, कुल व्वाईले यो कुराको पुर्ती गर्ने सोच सन्तोषको हुनसक्छ ।
प्रतिक्रिया