फिल्मको टिजरमा समेत ‘पिताम्बर’ को हो भनेर खुलाइएको थिइन । दर्शकले फिल्ममा नायक प्रदीप खड्का ‘पिताम्बर’ रहेको अड्कल लगाएका थिए ।
तर, अहिले चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पिताम्बर’को टिमले ‘म हो पिताम्बर’ भन्ने अभियान छेडेको छ ।
जसमा फिल्मका कलाकारहरुको तस्वीर राख्दै प्रत्येक दिन ‘म हो पिताम्बर’ लेखेर पोस्टर सार्वजनिक गरिएको छ ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्मलाई विशाल चौलागाइले निर्माण गरेका हुन् । फिल्मको टिमले अहिले ‘पिताम्बर’को रहस्य दर्शकमाझ राख्न खोजेको देखिन्छ ।
नेपालमा इनिसियल व्यापारमा खडेरी लागिरहेको समयमा यो फिल्मले दर्शकलाई पहिलो दिन नै हलमा तान्ने विश्वास गरिएको छ ।
यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरि, गौरव बिष्ट, सुपुष्पा भट्ट, सुरक्षा पन्त, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मको गीत र टिजरले दर्शकको साथ पाइसकेको अवस्था छ । ‘पिताम्बर’ को हो भन्ने जान्नका लागि भने दर्शकले फिल्म नै प्रतिक्षा गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया