बाढीपीडित सात चलचित्रकर्मीलाई जनही ४५ हजार सहयोग


काठमाडौं । चलचित्र विकास बोर्डले बाढीपीडित सात चलचित्रकर्मीलाई जनही ४५ हजार सहयोग सहयोग गरेको छ । बोर्डअन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहायता प्रदान गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले पीडित कलाकारलाई आर्थिक सहायता हस्तान्तरण गरेका हुन् । राहत प्राप्त गर्ने कलाकार र प्राविधिकहरूमा यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ र फणिन्द्रबहादुर विक छन् । बोर्डअन्तर्गतको कल्याणकारी कोषले विपद र आर्थिक समस्यामा परेका कलाकर्मीलाई राहत उपलब्ध गराउँदै आएको छ । कोषमा नेपाल सरकारले बजेट छुट्याउने गरेको छ ।