एसईई परीक्षामा १ हजार ४ सय २४ मोबाइल बरामद, २ जना पक्राउ


काठमाडौँ- जिल्ला प्रहरी कार्यालय रौतहटले एसईई परीक्षामा चिट चोर्न ल्याइएका १ हजार ४ सय २४ मोबाइल बरामद गरेको छ। बिहीबार परीक्षाको मर्यादा भंग गर्ने प्रयासमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, रौतहटको यमुनामाई गाउँपालिका(५ स्थित यमुनामाई मावि परीक्षा केन्द्रमा परीक्षा निरीक्षकले रकम लिई मोबाइल प्रवेश गराएका थिए। यसका साथै, मौलापुर नगरपालिका(५ स्थित लक्ष्मीपुर मावि परीक्षा केन्द्रबाहिर चिट उपलब्ध गराउने कार्यमा संलग्न १ जनालाई पनि पक्राउ गरिएको छ।

प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपककुमार रायका अनुसार, पक्राउ परेकाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ र दुवै व्यक्तिलाई म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिइएको छ।

प्रहरीले परीक्षाको निष्पक्षता र मर्यादा कायम राख्न विशेष निगरानी राखिरहेको जनाएको छ। विगतका वर्षहरूमा मेसेन्जर, ह्वाट्सएप, भाइबर जस्ता एप्सका माध्यमबाट चिट आदानप्रदान हुने प्रवृत्ति बढेको कारण यस वर्ष परीक्षा प्रणालीमा थप कडा सुरक्षा उपायहरू अपनाइएको छ।