नायक प्रदीप खड्का र नायिका दिव्या रायमाझीले लगातार दुई वटा फिल्ममा काम गरे । उनीहरुले काम गरेको फिल्म ‘एक्टर’ बक्स अफिसमा रिलिज भइसकेको छ भने ‘पिताम्बर’ रिलिजको तयारीमा छ ।
प्रदीपको हातमा अब लगालग ‘ऐरी, २६ करोड र एक अनटाइटल प्रोजेक्ट’ छ । यता, दिव्याको हातमा अब फिल्म ‘माया प्रिती’ छ ।
फिल्म ‘माया प्रिती’को अफर नायक प्रदीप खड्कालाई गएको थियो । तर, उनले यो फिल्ममा काम गरेनन् । किनभने, एक त व्यस्त सेड्यूल अर्को दिव्यासँग निरन्तर फिल्ममा काम गर्दा आउने प्रश्न ? यही कारणले प्रदीपले ‘माया प्रिती’मा काम गर्न मानेनन् ।
फिल्मको कथा राम्रो भएर पनि आफूले काम नगरेको प्रदीप बताउँछन् । फिल्म क्षेत्रमा बेलाबखत जोडीहरुको चर्चा हुन्छ ।
यसपटक, प्रदीप र दिव्याको चर्चा छ । यो जोडीले भोलिको दिनमा उदाहरण बनाउँछ कि बनाउँदैन हेर्न बाँकी छ । तर, बजारमा चलेको गसिपका कारण उनीहरुलाई फिल्ममा निरन्तर सहकार्य गर्न भने गाह्रो परेको देखिन्छ ।
प्रदीपलाई फिल्मको अफर आउँदा पनि दिव्यासहितको कुरा हुन्छ । तर, अब केही फिल्ममा यो जोडीले ब्रेक गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया